यति एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु पुष्टि
काठमाडौं । आइतबार पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँमाचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको उक्त यति एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएकाे छ ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।