बागमती प्रदेशको उपसभामुखको निर्वाचन तीन बजे हुँदै

हेटौंडा । बागमती प्रदेशसको उपसभामुखको निर्वाचन आज दिउँसो तीन बजे हुने भएको छ ।

आज साेमबार देशभर शोक बिदा भए पनि उपसभामुखको चुनावी कार्यक्रम स्थगित नहुने बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताएका छन् ।

उपसभामुख चयन गर्नुपर्ने आज अन्तिम दिन हो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रमा सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार उपसभामुख चयन गर्नुपर्ने आज अन्तिम दिन हो । बागमती प्रदेश सभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो ।

बागमती प्रदेशसको उपसभामुखमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभामुखमा सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाई, नेपाली कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।