मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ ।

सोमबार राति बालुवाटारमा सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । साथै, उनले भागबण्डा टुंगिएसँगै भोलि मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए ।

मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जनाईएकाे छ ।