बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिंदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिंदैछन् ।

आज बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी)का ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन् ।