राष्ट्रपतिबाट सभामुखले लिए शपथ

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्की लगायतकाे उपस्थिति रहेकाे थियो ।