उपसभामुखमा राना र यादवको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेकाे छ ।

उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका हुन् ।

सत्तारुढ दलको तर्फबाट उम्मेदवार रहेकी इन्दिराकाे प्रस्तावकमा रास्वपाकि सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्माका साथै राप्रपाका राजेन्द्र लिङ्देन छन्

यस्तै, मुक्ताकुमारीलाई भने प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।

उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।