उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएकी छिन् ।
शनिवार बसेको प्रतिनिधि सभाको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
सत्तारुढ दलको तर्फबाट उम्मेदवार रहेकी रानाले १६६ मत प्राप्त गरेकि हुन् भने उनको विपक्षमा ९७ मत परेकाे थियाे । यस्तै, तटस्थमा नेमकिपा सांसद प्रेम सुवालले एक मत दिएका थिए ।
प्रतिनिधि सभामा कूल २७५ सांसद मध्ये २६४ सांसद उपस्थित थिए ।
उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवकाे उम्मेदवारी रहेकाे थियाे । मत विभाजनको क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रर्तिस्पर्धी रहेकी कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गर्नुपरेन ।
सत्तारुढ दलको तर्फबाट उम्मेदवार रहेकी इन्दिराकाे प्रस्तावकमा रास्वपाकि सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्माका साथै राप्रपाका राजेन्द्र लिङ्देन रहेका थिए ।
यस्तै, मुक्ताकुमारीलाई भने प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक माघ १० गते दिउसो १ बजेका लागि डाकिएको छ ।