बागमती सरकारले पूर्णता पायो, नवनियुक्त ८ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ शपथ पनि लिएका छन् ।

बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएको १७ औं दिनमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरी बागमती प्रदेश सरकारले पूर्णता पाएको हाे । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाई अब ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादी केन्द्रका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् । त्यस्तै नेकपा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।

यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।