डोलप्रसाद अर्याल बने रास्वपाकाे कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।

शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपाका अध्यक्ष रवि लामिछाने पदमुक्त भएपछि रास्वपाले आकस्मिक बैठक बोलाएको थियाे। हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताएका छन् ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको हाे ।

अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत छन् ।