लामिछानेले पुनः लिए नेपाली नागरिकता
काठमाडौं । रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
सर्वोच्च अदालतको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको पुरानो नेपाली नागरिकता पुनः कायम भएको छ। उनले जिल्ला प्रशासन कार्यालयमा पुगेर उनले आफ्नो नेपाली नागरिकता पुनः कायम गराएका हुन् । सर्वोच्चको आदेश अनुसार रवि लामिछानेको पुन: नागरिकता कायम भएको उनका सचिवालय प्रमुख दीपक बोहराका बताएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ बमोजिम कागजात पेश गरेपछि नागरिकता प्रदान गरिएको बताएका छन् । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको जनाईएकाे छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए ।