प्रेस सेन्टर बागमती प्रदेशले गर्यो मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान
हेटौंडा । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई सम्मान गरेको छ ।
प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गरेका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मानसहित अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवाराज दुलाललाई सफल कार्यकालको शुुभकामनासहित प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले सम्मान गरेको हाे ।
अन्र्तक्रिया कार्यक्रममा बाेल्दै मुख्यमन्त्री जम्कट्टेलले समाजको सच्चा पहरेदारको रुपमा रहेका पत्रकारहरुको क्षमता विकास र मिडिया प्रवर्द्धनमा प्रदेश सरकार र आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।सञ्चारको विकास र संरक्षणमा प्रदेश सरकार सधै तयार रहेको बताउँदै उनले सञ्चार क्षेत्रले पनि सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।
यदुुनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुु सापकोटा (जुुगल), उपाध्यक्ष तथा वागमती प्रदेश इञ्चार्ज लक्ष्मण खड्का, प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा लगायतले बाेलेका थिए ।
साथै, सोमबार प्रेस सेन्टर नेपाल वागमती प्रदेशको हेटौंडामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको महासचिव धुर्व अधिकारीले जानकारी दिए ।
बैठक तथा कार्यक्रममा प्रेस सेन्टर अन्र्तगत बागमती प्रदेशका १० जिल्लाका अध्यक्ष, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय नेतृत्वको समेत सहभागिता रहेको थियो ।