माघ २० बाट बृहत काभ्रेपलान्चोक खेलकुद महाेत्सव २०७९

काभ्रेपलान्चोक । स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रकाे लागि खेलकुद भन्ने नाराकाे साथ आगामी शुक्रबारदेखि २४ गतेसम्म बृहत काभ्रे जिल्ला खेलकुद महाेत्सव २०७९ हुने भएकाे छ ।

जिल्लामा पहिलो पटक खेलकुद महोत्सव हुने भएको हाे । जिल्लाकाे पनौती क्षेत्रीय रंगशाला, बनेपा तथा इन्द्रेश्वर प्राङ्गणमा संचालन हुने उक्त खेलकुद महाेत्सव जिल्ला समन्वय समिति काभ्रेपलान्चोक र काभ्रेपलान्चोक जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा हुन लागेकाे हाे ।

उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले उद्घाटन गर्ने महोत्सवमा भलिबल, फुलकन्ट्याक्ट कराते, सितोरियो कराते, डब्लुटिएफ तेक्वान्दो, आईटिएफ तेक्वान्दो, कवड्डी, एथलेक्टिस, फुटबल, ब्याडमिन्टन, योगा, बुद्धिचाल लगायतका खेलहरु सञ्चालन हुनेछन् ।

खेलकुद महाेत्सवमा जिल्लाका १३ वटै पालिकाका करिब २ हजार खेलाडी सहभागी हुने जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गाैतमले बताएका छन् । प्रतियोगीतामा कर्मचारी, विद्यार्थी, उद्योगी, सञ्चारकर्मी, व्यापारी, मानवअधिकारकर्मी लगायतका सवै निकायले सहभागीता जनाउने समेत गाैतमले बताए ।

यस्तै, जिल्ला खेलकुद विकास समिति काभ्रेपलान्चोकका अध्यक्ष मानविर लामाले खेलकुद महाेत्सवका बारेमा जानकारी गराएका थिए ।

विभिन्न विधाका खेलहरुमा १ सय ३२ स्वर्ण, १ सय ३२ रजत तथा १ सय ९४ कास्य पदक वितरण हुने बुधबार पनाैतीमा आयाेजित पत्रकार सम्मेलनमा जनाईएकाे छ । प्रतियोगीतामा प्रथम,दृितीय र तृतीय हुने समूह तथा खेलाडीहरूलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन् ।

महोत्सवको तयारी अन्तीम चरणमा पुगेको पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको छ ।