रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएकन छन् ।
रास्वपाकाे बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ । यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो ।
रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ भन्दै त्यस लगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्न लागेकाे उनले बताएका छन् ।