रास्वपाका मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।
रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई राजीनामा बुझाएका हुन् ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले आइतबार साँझ प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।
रास्वपाको आइतबार बिहानै बसेको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।