राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

राष्ट्रिय सभाको सोमवार बसेको बैठकले अर्याललाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २० ७५ को नियम ८ बमोजिम राष्ट्रिय सभा सदस्य अर्याललाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन।

आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।