फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमले प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १ सय ७५ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।