जनयुद्ध दिवसमा सार्वजनिक विदा

काठमाडौं। सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते (भाेलि) जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।

जनयुद्धको नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।