म सधै किसानको पक्षमा छु : उपसभामुख राना

काभ्रेपलान्चोक । व्यवसायिक बाख्रापालन नेपालीको शान मासुमा आत्मनिर्भर हाम्रो अभियान भन्ने नाराका साथ नेपाल व्यवसायिक बाख्रापालन महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन काभ्रेको बनेपामा सुरु भएको छ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेलको सभापतित्वमा भएको महाअधिवेशनकाे संघीय संसदकि उपसभामुख ईन्दिरा रानाले उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख रानाले आफु सधै किसानको पक्षमा रहेको बताएकी छिन् । उनले व्यवसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएका किसानले भोग्नुपरेको कानुनी समस्या समाधान गर्न आफू सधै तयार रहेको बताउँदै आफु समस्या सुन्ने र कार्यन्वयन गराउन पहल गर्ने ठाउँमा भएकाले जनताको समस्यालाई जिल्लाका प्रतिनिधिहरुले संसदको रोष्टमबाट सरकारलाई जानकारी गराउन समेत आग्रह गरेकी छिन् ।

यस्तै, जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गौतमले कृषिको समृद्धि नभएसम्म देशकाे समृद्धि हुन नसकेन बताएका छन् ।

शुक्रबारबाट सुरु भएको राष्ट्रिय महाधिवेशन दुई दिनसम्म चल्नेछ ।