निर्वाचन कार्यालय काभ्रेपलान्चोकले गर्याे अन्तरक्रिया
काभ्रेपलान्चोक । जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया गरेकाे छ ।
कार्यालयले बिहिबार धुलिखेलमा आर्थिक वर्ष २०७९/८० काे अन्तिम मतदाता नामावली तयार गर्ने सम्बन्धमा मतदाता नामावली अद्यावधिक (दाबी विराेध) समेत कार्यक्रम २०७९ सम्बन्धी सराेकारवालाहरूसंग अन्तरक्रिया गरेकाे हाे ।
जिल्लामा जम्मा मतदाता संख्या ३ लाख १० हजार ६ सय ५७ रहेकाे छ । जसमा महिला १ लाख ५२ हजार ३ सय ५१ जना, पुरूष १ लाख ५८ हजार ३ सय ४ जना र अन्य दुई जना रहेकाे छ ।
यस्तै, प्रतिनिघि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे मतदाता संख्या ३ लाख १० हजार ६३ जना रहेकाे कार्यक्रममा जनाईएकाे छ । उक्त अन्तरक्रिया कार्यक्रममा निर्वाचन कार्यालय काभ्रेपलान्चोकका जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले प्रस्तुतिकरण गरेका थिए ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७९ फागुन २२ गतेदेखि २६ गतेसम्म संचालन हुने जनाईएकाे छ ।