माओवादी आन्दोलनले स्थापित गरेका संघियता, गणतन्त्र, समावेशी र धर्म निरपेक्षता लगाएतका एजेन्डा उल्टाउने काेसिस भैरहेको छ: देव गुरुङ

धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र) का महासचिव देव प्रसाद गुरुङले माओवादी आन्दोलनले स्थापित गरेका संघियता, गणतन्त्र, समावेशीता र धर्म निरपेक्षता लगाएतका एजेन्डा उल्टाउने काेसिस भैरहेकाे भन्दै विस्तृत शान्ति सम्झाैताका पक्षधरहरु एकै ठाँउमा उभिनुपर्ने अवस्था आएकाे बताएका छन् ।

मंगलबार धुलिखेलमा नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र), जिल्ला समन्वय समिति काभ्रेपलान्चोकले आयाेजना गरेकाे संगठन तथा जनसम्बन्ध सुदृढ अभियानकाे उद्घाटन तथा जननिर्वाचित सांसदहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् ।

नेता गुरूङले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी, संगठन र बिचार स्थापित गर्ने बाटाेमा लाग्नुपर्ने बताउँदै संगठन तथा जनसम्बन्ध सुदृढीकरण अभियानमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि रहेर स्वार्थरहित कार्यमा लाग्न कार्यकर्तालाई अपिल गरेका छन् । उनले थपे- स्वयंसेवी भावनाले कम्युनिष्ट पार्टीमा लाग्ने हाे, व्यक्तिगत स्वार्थमा हाेईन ।

त्यस्तै, साेही कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा संघीय सांसद सुर्यमान दोङ (लालध्वज)ले प्रतिगामी शक्तिहरूका बिरूद्धमा प्रतिवाद गर्नु आजकाे आवश्यकता रहेकाे बताएका छन्।

उनले भने काभ्रे राजनितीकाे ईतिहास बाेकाेकाे जिल्ला हाे । परिवर्तनको अभियानमा काभ्रेकाे छुट्टै भुमिका रहेकाेले पनि संगठन तथा जनसम्बन्ध सुदृढीकरण अभियानमा समेत काभ्रे अगाडि हुने बताए।

माओवादि केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका संयाेजक भाेला प्रसाद अर्यालले संगठन तथा जनसम्बन्ध सुदृढ अभियानले संगठनका साथै जनसम्बन्ध पनि सुदृढ हुने बताएका छन् । अर्यालले चैत १५ गतेसम्ममा सम्पूर्ण जनवर्गीय संगठनले पालिका स्तरीय र २० गते सम्ममा जिल्ला स्तरीय भेला सम्मन्न गरिसक्न अपिल गर्दै चैत मसान्तसम्म जनसम्बन्ध सुध्रिढिकरण कार्य गर्ने बताए ।