नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।

गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित पौडेललाई साेमबार शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ खुवाएका थिए ।

उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।