रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित
काठमाडौँ । उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।यादव ३० हजार ३ सय २८ मतभारका साथ उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादवले नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
उपराष्ट्रपति पदमा निर्वाचित यादवले संघतर्फ १ सय ८४ र प्रदेशतर्फ ३ सय २९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १ सय ६९ र संघतर्फ १ सय ४ सांसदको मत पाइन् । यस्तै, जनमत पार्टीकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ सांसदको मत पाइन् ।
निर्वाचनमा ८२९ मत खसेको थियो । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो । उपराष्ट्रपति पदकाे निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।