सत्तारूढ गठबन्धनमा टुंगियाे मन्त्रालय भागबण्डा
काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयकाे भागवण्डा लगभग टुंगिएको छ ।
बुधबार अपराह्न बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने समझदारी जुटाएको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।
सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको जनाईएकाे छ। गठबन्धनकाे बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।
यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।