ज्ञानकुञ्ज किन्डर गार्टेनका युकेजीमा अध्ययनरत ५५ जना दिक्षित
बनेपा । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा युकेजी तहमा अध्ययनरत ५५ जना विद्यार्थीहशरू दिक्षित भएका छन् ।
कार्यक्रम शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले शैक्षिक गुणस्तर, आधुनिक शिक्षण सिकाई, बैज्ञानिक र बालमैत्री ढंगले अभिभावकहरूकावीच लाेकप्रिय रहेकाे विद्यालय आगामी दिनहरूमा अझै सशक्त र सबल हुँदै सबैकाे मन जित्न सफल हुने बताए ।
यस्तै, निर्देशक प्रताप बैधले शिक्षा मानव जिवनकाे अपरिहार्यता र जीवनशैलीसंग सम्बन्धित रहेकाेले समय अनुरूप शिक्षाकाे संरचना परिवर्तन गर्दै नैतिक, व्यवहारिक शिक्षाका लागि संस्था लागि परेकाे बताएका छन् ।
शुक्रबार बनेपामा आयाेजित दिक्षान्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा दिक्षित भएका विद्यार्थीहरूका अभिभावकहरूले यस्ता प्रकारका कार्यक्रमले बालबालिकाहरूमा शिक्षण सिकाईमा रची बढ्नुका साथै व्यक्तित्व विकासमा समेत वृद्धि भई भविष्यमा असल नारीक बन्नेमा खुसी व्यक्त गर्दै आगामि दिनहरूमा समेत यस्तै विविध शैक्षिक कृयाक्रलाप सञ्चालन गर्नु पर्ने बताए ।