पूर्व वडा अध्यक्षसहित नेपाली काँग्रेसका दर्जनौं कार्यकर्ता माओवादी केन्द्र प्रवेश
बनेपा । नेपाली काँग्रेसबाट २०७४ को स्थानीय तहकाे निर्वाचनमा निर्वाचित पूर्व वडा अध्यक्ष सहित दर्जनौं नेपाली काँग्रेसका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
सोमबार नेकपा माओवादी केन्द्रकाे कार्यालय बनेपामा महाभारत गाउँपालिका वडा नम्बर ३ बाट स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष ज्ञानबहादुर लामा सहित अन्य युवाहरु माओवादी प्रवेश भएका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका पोलिट्ब्योरो सदस्य एव काभ्रेपलान्चोक जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले स्वागत गरेका थिए । साेही कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रत्न ढकाल, रुकु चौंलागाईं, जिल्ला अध्यक्ष भोला प्रसाद अर्याल, सचिव दैवलाल घिसिङ, महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामा, पालिका अध्यक्ष कान्छालाल जिम्बा लगायत समेतले स्वागत गरेका थिए ।
नेपाली काग्रेस पार्टी देश र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएर राजनीति गर्ने पार्टीको रुपमा रहेकाेले काँग्रेस परित्याग गर्नुपर्ने बाध्यता भएको पूर्व वडा अध्यक्ष लामाले बताए । साथै, ‘आजैको मितिबाट नै नेपाली काँग्रेस पार्टी परित्याग गरी देश र जनताको हितमा ईमान्दार पुर्वक समर्पित भएर लाग्ने पार्टी माओवादी केन्द्रमा आफु लगायतका साथिहरु प्रवेश गरेका छौं’ लामाले भने ।