पनौतीकाे मुक्तिनाथ मन्दिरमा त्रिदिवशीय धार्मिक अनुष्ठान हुने
काभ्रेपलान्चोक । जिल्लाकाे पनौतीमा रहेकाे मुक्तिनाथ मन्दिरमा त्रिदिवशीय धार्मिक अनुष्ठान हुने भएकाे छ ।
पनाैती नगरपालिका वडा नम्बर ५ बाँसघारी सुब्बागाँउमा रहेको मुक्तिनाथ मन्दिरको स्थापनाको अवसरमा श्री मुक्तिनाथ भगवानकाे प्रथम ब्रहमाेत्सव (त्रिदिवशीय) तथा धार्मिक अनुष्ठान आयाेजना गरिएकाे आयाेजकले बताएकाे छ ।
त्रिदिवशीय धार्मिक अनुष्ठान कार्यक्रम आगामी चैत ३० गते देखि २०८० वैशाख २ गतेसम्म चल्ने प्रचार प्रसार समितिका संयाेजक भाेला थापाले बताए । उक्त अनुष्ठान कार्यक्रम सफल पार्नकाे लागि राजेन्द्र थापाकाे संयोजकत्वमा १५१ सदस्य मुल आयाेजक कमिटी गठन गरिएकाे शुक्रबार पनाैतीमा आयाेजित पत्रकार भेटघाट कार्यक्रम जनाईएकाे छ ।
पत्रकार भेटघाट कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाकाे अध्यक्षतामा भएकाे थियाे ।