फोनिज काभ्रेकाे आयाेजनामा खाेज पत्रकारिता तालिम शुरू
धुलिखेल। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) जिल्ला शाखा काभ्रेपलान्चोकले पत्रकारिता तालिम आयाेजना गरेकाे छ ।
फाेनिज काभ्रेले आदिवासी जनजाति सम्बन्धि खाेज पत्रकारिता तथा डिजिटल मिडिया सम्बन्धि तीन दिने तालिम शुक्रबारबाट धुलिखेलमा शुरु गरेकाे हाे । तालिम रोशी गाउँपालिकाको आर्थिक सहयोगमा भएकाे हाे ।
रोशी गाउँपालिकाका अध्यक्ष एवं फोनिज काभ्रेका संस्थापक अध्यक्ष दिनेश लामाले उक्त तालिमकाे उद्घाटन गरेका हुन् । तालिमकाे उद्घाटन शत्रलाई सम्बाेधन गर्दै प्रमुख अतिथि लामाले आदिवासी जनजातिहरुको पहिचान, भाषा तथा संस्कृतिको खोज र अनुसन्धानका लागि आगामी पुस्ताले सिक्नु पर्ने विषयहरुलाई समेटेर तालिम आयोजना भएकाे बताएका छन् ।
यस्तै, फोनिजका केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले पत्रकार महासंघ लगायतका अन्य संगठनहरुले फाेनिजलाई फरक ढंगले हेरेको भन्दै फोनिजलाई जातिवादी संगठनका रुपमा हेर्न नहुने समेत बताएका छन् ।
फाेनिज काभ्रे अध्यक्ष ईन्द्र बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रम सचिव सुरज श्रेष्ठले संचालन गरेका थिए ।
तालिममा ३० जना प्रशिक्षार्थीहरुकाे सहभागीता रहने अध्यक्ष थापाले जानकारी दिए ।