बागमती प्रदेशका २ नवनियुक्त मन्त्रीले लिए शपथ

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा र नेपाली कांग्रेसकै तीर्थबहादुर लामालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।

आईतबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन्।