स्वास्थ्य कार्यालय काभ्रेले हाेटल व्यवसायीसंग गर्‍यो प्रतिकार्य तथा तयारी बैठक

धुलिखेल । स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले जिल्लामा महामारीकाे अवस्था र प्रतिकार्य सम्बन्धि कार्यक्रम गरेकाे छ ।

कार्यालयले हाेटल व्यवसायी संघ र उद्योग वाणिज्य संघसंग महामारी प्रतिकार्य तथा पुर्ण तयारी याेजना निर्माण तथा सहजिकरण सम्बन्धि बैठक गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलकाे अध्यक्षतामा बसेकाे बैठकमा काेभिड-१९, डेंगी, रेबिज, झाडापखाला र आत्माहत्या सम्बन्धि जानकारी गराइएको थियाे । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका प्रमुख डा. पुरुषोत्तम सेढाईंले प्रस्तुतिकरण गरेका थिए ।

बैठकले जिल्लामा सुरक्षित हाेटल व्यवसाय अभियान अन्तर्गत महामारी बिरूद्ध व्यवसायीकाे समिति गठन, स्वास्थ्य कार्यालयले हाेटलमा कार्यरत सुरप भाइजरहरूलाई अभिमुखिकरण गर्ने, प्रत्यक हाेटलबाट सम्पर्क व्यक्ति ताेक्ने, नियमित समन्वय बैठक बस्ने, जनस्वास्थ्यकाे मापदण्डकाे प्रयाेग गर्ने, उपलब्ध खाेपकाे उपयाेग गर्ने, कल्याणकारी जनस्वास्थ्य बिपद कोष र व्यवस्थापन गर्ने लगायतका निर्णय गरेकाे जनाइएकाे छ ।

यस्तै, स्वास्थ्य कार्यालय काभ्रेले आमुल प्रधानलाई जनस्वास्थ्य सम्पर्क व्यक्ति ताेकेकाे स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईंले बताए ।

कार्यक्रममा सुरक्षा निकाएका प्रमुखहरू, धुलिखेल नगरपालिकाका उप प्रमुख निराजन जंगम, क्षेत्रीय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठ लगायतकाे सहभागीता रहेकाे थियाे ।