जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाकाे नयाँ नेतृत्व चयनका लागि बुधबार भएकाे निर्वाचनमा महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।
वैद्य ४३ मत प्राप्त गरि विजयी भएका हुन् । यस्तै उनका प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन् ।
यस्तै, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । ढकाल ६१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन् ।
तीन उपाध्यक्षमध्य एशोसिएटतर्फको मतगणना जारी छ ।वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन ।
वैद्य वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघाइ समूहका हुन् भने ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।
महासंघको ५७ औं वार्षिक साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए ।