जिउँदो शहिद कायस्थको निधन
काभ्रेपलान्चोक । १९ दिने दोस्रो जनआन्दोलन ०६२/०६३ का घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन भएको छ ।
जिल्लाकाे बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए । प्रहरीको गोली लागी घाइते भएका कायस्थको बनेपास्थित शिर मेमोरियल एड्भेन्टिष्ट अस्पालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको अस्पतालले जनाएको छ ।
्उनलाई उपचारका लागि तीन दिन अघि अस्पतालमा भर्ना गरिएको थियो । १८ बर्षदेखि अर्धचेत अवस्थाका जिउँदो शहिद मुकेश कायस्थको लागि सरकारले नीजि चिकित्सकको समेत व्यवस्था गरेको थियो ।