जिउँदो शहीद भनेर चिनिएका मुकेशलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

काठमाडौं। सरकारले जिउँदो शहीद भनेर चिनिएका काभ्रेपलान्चोकका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदकाे बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकि हुन् ।

२०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएकाे थियाे ।

कायस्थकाे गत वैशाख २८ गते निधन भएपछि सरकारले राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको हो ।