विश्व उच्च रक्तचाप दिवसमा “काभ्रेपलान्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल” कार्यक्रम
काभ्रेपलान्चोक । आज मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवस । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकाय लगायतका सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व उच्च रक्तचाप दिवस मनाइँदैैछ ।
हरेक वर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।
यस्तै, स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले पनि संघिय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य मन्त्रालय, जिल्ला समन्वय समिति, जिल्लास्थित १३ वटै स्थानीय तह र विश्व स्वास्थ्य संगठन लगायत अन्य सराेकारवाला निकायकाे संयुक्त सहकार्यमा “काभ्रेपलान्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल Kavrepalanchok Hypertension Care Cascade Initiative-KHCCI” कार्यक्रमकाे उद्घाटन तथा शुभारम्भ कार्यक्रम गर्दैछ ।
जिलला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईका अनुसार धुलिखेलकाे सरस्वती बजारबाट र्यालीसंगै कार्यक्रमकाे शुभारम्भ हुनेछ ।