प्रेस सेन्टर नेपाल बागमती प्रदेशकाे साधारणसभामा गृहमन्त्री काभ्रे आउने

काभ्रेपलान्चोक । प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको साधारणसभा शनिबार (भाेलि) हुने भएको छ ।

काभ्रेको धुलिखेलमा हुने वार्षिक साधारणसभा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)काे प्रमुख आतिथ्यतामा हुने जनाइएकाे छ । साधारणसभामा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, नेपाल पत्रकार महासघ, प्रेस सेन्टर नेपाल लगायतका बिभिन्न संघ सङ्गठनका नेतृत्वको सहभागिता रहने प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले बताए ।

कार्यक्रमको तयारी पुरा भएको प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गाैतमले बताए ।