सरकार भ्रष्टाचारको जालाे ताेड्ने अभियानमा दृढ छ: गृहमन्त्री श्रेष्ठ

काभ्रेपलाञ्चोक । उपप्रधान तथा गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समृद्ध मुलुककाे सपना, सामाजि आर्थिक रुपान्तरण सहितकाे समृद्ध नेपालका लागि भ्रष्टाचारको जालाे ताेड्ने अभियानमा सरकार दृढ रहेकाे बताए ।

शनिबार काभ्रेको धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री श्रेष्ठले भने- कुन पार्टीको को मान्छे ? कुन पार्टीको पर्छ ? भन्ने छैन‚ जो सुकै होस जसले राष्ट्र र जनताको वीचमा अपराध गर्यो त्यसलाई हामी कारवाहीको दायरामा ल्याउँछौं ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने बलिदानिपुर्ण संघर्षबाट प्राप्त उपलब्धिकाे संरक्षण गर्दै सार्वभौमिकताकाे रक्षाका साथै बाँकि रहेका शान्ति सम्झाैताका बाँकि कार्यभार पूरा गर्ने र सुसासन, समृद्धि, सामाजिक न्यायकाे लागि सरकार लागेकाे बताए ।

उनले नक्कली सरणार्थी प्रकरणमा जस्तै अन्य भ्रष्टाचारसंग संलग्न जाेसुकैलाई कार्वाही गर्न सरकार प्रतिबद्ध रहेकाे बताएका छन् । पत्रकारिता क्षेत्रमा पनि रूपान्तरण गर्न जरुरी रहेकाे बताउँदै उनले ‚ एकातिर प्रविधिलाई आत्मासाथ गर्नेगरी अर्कोतिर आफ्नो कमी कमजोरी भए सच्याउने गरी रूपान्तरण गर्नै पर्छ ।

यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले अहिलेकाे प्रबृत्ति जारी रहे संघियता खतरामा पर्ने भन्दै कतिपय पञ्चायतकालिन ऐनका कारण प्रदेश सरकारले काम गर्न समस्या रहेकाे बताए ।

साथै, उनले अहिले प्रदेशलाई बुख्याचा जस्तो बनाउन खाेजिएकाे भन्दै प्रदेशलाई आवश्यक अधिकार दिन माग गरेका छन् ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्कालाई नगद पच्चीस हजारसहित जनपक्षीय पत्रकारिता पुरस्कार-२०८० ले सम्मान गरिएकाे थियाे ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतमको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा‚ प्रेस सेन्टर नेपालका केन्द्रिय इन्चार्ज महेश्वर दाहाल‚ नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारू मगर‚ प्रेस सेन्टर केन्द्रिय सचिव सुनिल खड्का लगायतले बाेलेका थिए ।