राेशीले गर्यो कार्यकालको समिक्षा कार्यक्रम
काभ्रेपलान्चोक । जिल्लाको रोशी गाउँपालिकाले एक वर्षे कार्यकालको समिक्षा कार्यक्रम गरेकाे छ ।
बुधबार आयाेजित समिक्षा कार्यक्रममा पालिकाले एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । उक्त समिक्षात्मक कार्यक्रमकावीच पालिकाले क्षेत्रगत प्रगाति विवरण सार्वजनिक गरेको हो ।
कार्यक्रममा स्थानीय सरकारको दोस्रो निर्वाचनबाट निर्वाचित भएर पद बहाल गरेदेखि रोशी गाउँपालिकाले गरेकाे कामको विवरण प्रस्तुत गरिएकाे थियाे ।
आफ्नो एक वर्षे कार्यकालको समिक्षा कार्यक्रम प्रगति विवरण प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘हिजो जनताले आफुहरूलाई विश्वास गरेर निर्वाचित गराएकाे हुदाँ आफुहरूले गरेका प्रत्येक कार्यहरुको जानकारी गराउनुपर्ने दायित्व अनुरुप यो कार्यक्रम आयोजना गरेकाे बताएका छन् ।
अध्यक्ष लामाले निर्वाचनका क्रममा गरिएका प्रतिवद्धता अनुरुप अहिले के भइरहेको छ भन्ने जानकारीका लागि समिक्षा कार्यक्रमकाे आयोजना गरिएको बताँउदै उनले संस्थागत सुशासन, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, न्याय सम्पादन लगायतका क्षेत्रमा उपलब्धी हाँसील हुन थालेको बताए ।
यस्तै, पालिका उपाध्यक्ष मिम बहादुर वाइबा(ज्वाला) ले निर्वाचनको समयमा गरिएका प्रतिवद्धताहरु पुरा गर्ने क्रममा रहेकाे बताँउदै स्थानीय सरकार क्रियासिल रहेको भन्दै समृद्ध रोशी निर्माणका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा पालिकाले प्रकाशन गरेकाे क्यालेन्डर सार्वजनिकीकरण गरिएकाे थियाे ।