भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुदैँछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवं २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौ जनताले साथ दिए जसरी अब भ्रष्टाचार र वेथिति विरुद्धको आन्दालेनमा समेत साथ दिने बताए । उनले थपे, जसरी १० वर्षे जनयुद्धमा लाखौ करोडौ जनताको साथ पाएका थियौ, त्यसैगरी अब पनि हामी साथ पाउनेछौ ।

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार र निष्ठानले भन्दा पनि संख्याले काम गर्ने बताँउदै संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेकाे समेत बताए । साथै, उनले भने बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले सहितका सपना पुरा गर्नका लागि पनि आफुहरुले अन्तिम लडाई लड्नै पर्ने अवस्था आएको र प्रेस सेन्टर नेपाल जनमत तयार पार्ने अग्रमोर्चामा रहेकाले इमान्दिारिताका साथ कृष्णसेन लगायतका सहिदलाई स्मरण गरेर स्वयमसेवी तरिकाले लडाईमा साथ दिन आग्रह गरे।

साधारण सभा एवं २१ औ कृष्णसेन इच्छुक स्मृति दिवस प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकाेटा (जुगल) काे अध्यक्षतामा भएकाे थियाे ।