मे ३१, विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।

यस्तै, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी याे दिवस मनाइँदैछ । धुवाँ आउने नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । नसर्ने रोगहरूको एक प्रमुख कारकको रूपमा रहेको सुर्तीजन्य पदार्थको प्रयोगले हृदय रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, क्यान्सर र मधुमेह निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्षको मे ३१ का दिन यस क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएकाछन् ।