४ दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
बुधबार दिउँसाे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली भारत प्रस्थान गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको उक्त टोली जेठ २० गते स्वदेश फर्किने जनाइएकाे छ ।