नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
अघिल्लो संघीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । पौडेलले नेपाल दनागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका छन् । यसअघि दुई पटक संघीय संसदले पारित गरेकाे विधेयक प्रमाणीकरण भएसँगै नेपालमा बसोबास गरिआएका तीनथरि नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन बाटो खुलेको छ ।
याेसंगै अब आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशज र एनआरएनलाई पनि नागरिकताकाे प्रमाणपत्र दिन बाटो खुलेको हाे ।