श्रीमानको कुटपिटबाट वडा सदस्य ज्ञानी बिकको मृत्यु

काभ्रेपलान्चोक । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानी बिकको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान मृत्यु भएको हो।

घरायसी झगडामा मादक पदार्थ सेवन गरि हातखुट्टा बाधेर अमानवीय तरिकाबाट यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु बिकले कुटपिट गरेकाे प्रहरी जनाएकाे छ । कुटपिट गर्ने श्रीमानलाई २९ गते नै पक्राउ गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।

नेकपा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित ज्ञानी अघिल्लो कार्यकालमा पनि निर्वाचित भएकी थिइन् ।