१३ वटै स्थानीय तहका १६० जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालय काभ्रेकाे अभिमुखीकरण

काभ्रेपलान्चोक । “काभ्रेपलान्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल” कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले जिल्लाका १६० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम सुरू गरेकाे छ ।

स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले जिल्लाका १३ वटै स्थानीय तहका प्रत्येक स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मीलाई एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन सुरू गरेकाे हाे ।

८ चरणमा चल्ने उक्त कार्यक्रम बिहीबारबाट सुरू भएकाे हाे । शुक्रबार धुलिखेलमा सञ्चालन भएकाे दोश्रो चरणकाे अभिमुखीकरण कार्यक्रमसम्ममा बेञ्थानचाेक, भुम्लु, खानीखाेला र भाहाभारत गाँउपालिका ४० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईले बताए ।

स्वास्थ्य कार्यालय काभ्रेपलान्चोककाे आयाेजना र विश्व स्वास्थ्य संगठनकाे प्राविधिक सहयाेगमा सञ्चालन भएकाे अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञ राघवेन्द्र पटेल,
विश्व स्वास्थ्य संगठनका डा. कमलेस यादव, पाेषण न्याैपाने, अनुप वि. सी., रइस पाेखरेल धुलिखेल अस्पतालका डा. आभा श्रेष्ठ र डा. पुस्पान्जली अधिकारीले सहभागीहरूलाई अभिमुखीकरण दिने जनाइएकाे छ ।

“काभ्रेपलान्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल” कार्यक्रमकाे उद्घाटन गत मे १७ अर्थात् विश्व उच्च रक्तचाप दिवसका दिन भएकाे थियाे ।

काभ्रेपलान्चोक जिल्लाबाट सुभारम्भ भएकाे उच्च रक्तचाप हेरचाह व्यवस्थापन सम्बन्धि हेरचाह गर्ने याे कार्यक्रम नेपालकै पहिलाे कार्यक्रम हाे ।

कार्यक्रम डा. पुरूषाेत्तम राज सेढाईकाे अध्यक्षतामा भएकाे हाे ।