स्वास्थ्य कार्यालय काभ्रेकाे ३ दिने क्षयराेग आधारभूत तालिम

धुलिखेल । स्वास्थ्य कार्यालय काभ्रेपलान्चोककाे आयाेजनामा क्षयराेग सम्बन्धि आधारभूत तालिम सुरू भएकाे छ ।

स्वास्थ्यकर्मीहरूका लागि ३ दिने क्षयराेग आधारभूत तालिम शुक्रबारबाट धुलिखेलमा सुरू भएकाे हाे । कार्यक्रममा क्षयराेगकाे अवस्था, क्षयराेग अन्त्य गर्ने रणनीति, नेपालमा क्षयराेग निदान तथा उपचार संस्थाकाे अवस्थिती लगायतका बारेमा चर्चा हुने बताइएकाे छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरूषाेत्तम राज सेढाईकाे अध्यक्षतामा भएकाे तालिममा जिल्लाका २५ जना स्वास्थ्यकर्मीकाे सहभागीता रहेकाे छ ।

तालिम आइतबार समापन हुनेछ ।