दुग्ध विकास बोर्ड खारेजिको बिराेधमा पत्रकार सम्मेलन
काभ्रेपलान्चोक । जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकले दुग्ध विकास बोर्ड खारेजिको सूचिमा राखेको बिराेधमा पत्रकार सम्मेलन गरेकाे छ ।
संघले शुक्रबार बनेपामा पत्रकार सम्मेलन गर्दै किसानकाे पक्षमा बाेलने दुग्ध विकास बाेर्ड खारेजि हुन नहुने बताएकाे छ ।
दुग्ध क्षेत्रमा संग्लन कृषक, उद्यमी, उपभोक्ता र सरकारवीचमा रही दुग्ध क्षेत्रकाे निती निर्माण गर्ने उद्देश्यले गठन भएकाे राष्ट्रिय दुग्ध विकास बाेर्डलाई आर्थिक वर्ष २०८०/०८१जेठ १५ गतेकाे बजेट तथा नीति कार्यक्रममा खारेजीकाे प्रस्तावप्रति जिल्ला दुग्ध उत्पादक सहकारी संघ काभ्रेपलान्चोककाे आपत्ति रहेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै, संघले बाेर्डलाई यथावत कायम गर्न समेत नेपाल सरकारलाई अनुरोध गरेकाे छ ।
कार्यक्रम संघका अध्यक्ष नारायण प्रसाद बडालकाे अध्यक्षतामा भएकाे थियाे ।