तेस्रो ज्ञानकुञ्ज राेडरेसमा छात्रातर्फ कृतिका मधिकर्मी र छात्रतर्फ विश्वराम कुवँर प्रथम

बनेपा । विगत २१ वर्षदेखि शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको काभ्रेमा रहेकाे ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले आयाेजना गरेकाे तेस्रो ज्ञानकुञ्ज राेडरेस २०८० शनिवार सम्पन्न भएकाे छ ।

उक्त राेडरेस कार्यक्रम तीन चरणमा भएको थियो । पहिलो चरणको कार्यक्रम बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र वादेद्धारा उद्घाटन गरि छात्राहरुको रोडरेस बनेपा तिनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रमा गरि प्रतिष्ठानसम्म भएको थियो भने दोस्रो चरणको कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीद्धारा उद्घाटन गरि छात्रहरुको रोडरेस पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठानसम्म भएको थियो ।

यस्तै, तेस्रो चरणको समापन कार्यक्रम ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

रोडरेस कार्यक्रममा छात्रातर्फ गणेश माध्यमिक विद्यालय भक्तपुरका कृतिका मधिकर्मी र छात्रतर्फ विश्वराम कुवँर प्रथम भएका थिए । यस्तै, छात्रातर्फ भालेश्वर माध्यमिक विद्यालय पनौतिका कुशुम के. सी. र छात्रतर्फ कृष्ण शाह द्वितीय भएका थिए भने छात्रातर्फ कृतिका उप्रेती र छात्रतर्फ रितिक श्रेष्ठ तृतिय भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा एसईई दिएर बसेका भक्तपुरका ८, सिन्धुपाल्चोकका १ र बाँकी काभ्रेपलान्चोकका गरि १ सय ५० जना विद्यार्थीकाे सहभागिता रहेको थियो ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप वैद्यकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी, काभ्रे प्यावसनका अध्यक्ष श्याम भुजेल, प्रहरी नायव उपरिक्षक रेशम बोहोरा लगायतले बाेलेका थिए ।