बनेपा नगरपालिकाकाे १अर्ब ३५ करोड ४९ लाख ७२ हजारको बजेट प्रस्तुत

बनेपा । बनेपा नगरपालिकाकाे नगर सभाको बाह्रौं अधिवेसन आइतबार सम्पन्न भएकाे छ ।

नगरपालिकाको सभाहलमा भएकाे बाह्रौं अधिवेसनमा आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियाे । सभामा नगर प्रमुख शान्ति रत्न शाक्यले आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर क्षेत्रभित्रको व्यवसाय प्रवर्द्धनका लागि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने बताएका छन् ।

शाक्यले सबै वडा कार्यालयसम्म पुग्ने पक्की सडक निर्माण, नयाँ सडक निर्माण गर्दा अपाङ्गतामैत्री फुटपाथ निर्माण, खानेपानी र ढल निकासको व्यवस्था, साबिकका सडकहरुको स्तरोन्नति लगायतका विषय प्राथमिकतामा राखिएको बताए ।

अधिवेसनमा उपप्रमुख विमला सापकोटाले नगरको आगामी वर्ष २०८०।८१ को बजेट १अर्ब ३५ करोड ४९ लाख ७२ हजारको बजेट
प्रस्तुत गरिएको थियाे ।