जनप्रतिधिको अवरोधपछि पनौती नगरपालिकाको १३ औं नगरसभा स्थगित
पनौती । पनौती नगरपालिकाको १३ औं नगरसभा स्थगित भएको छ ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको विरोधका कारण नगर सभा स्थगित भएको हो । सभा संचालन भएको जानकारी संगै आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रमुखले वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले विरोध गरेका थिए ।
विरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक पटक नगरसभाका सदस्यहरुलाई आ–आफ्नो स्थानमा बस्न अनुरोध गर्दा पनि विरोध कायम राखेपछि भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गरेका थिए ।
नगरसभा स्थगित भएपछि प्रमुख भण्डारीले विज्ञप्ति प्रकाशन गरेका थिए ।