नमोबुद्ध नगरपालिकाको आ.व. २०८०/८१ को लागि ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको बजेट प्रस्तुत

नमोबुद्ध । नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सम्पन्न भएकाे छ ।

आइतबार भएकाे अधिवेशनमा आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियाे ।

बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नयस्तै, उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्ष २०८०/८१ को लागि ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक वर्ष २०७९।८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।