सेलर्डकाे सञ्चारकर्मीसंग छलफल कार्यक्रम

धुलिखेल। । कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्र (सेलर्ड)ले सञ्चारकर्मीसंग छलफल कार्यक्रम गरेकाे छ ।

सेलर्डले बालबालिकाहरुको हक अधिकारलाई सम्बर्द्धन गर्ने मानव बेचबिखन विरुद्ध बिषय उठानका लागि छलफल कार्यक्रम गरेकाे हाे । सेलर्डले बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारकाे अवस्थाका सम्बन्धमा बिहीवार धुलिखेलमा सञ्चारकर्मी र स्थानीयसंग छलफल कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसार विरूद्धकाे विद्यमान कानून र स्थानीय तहमा साे काे अवस्थाका बारेमा कपिल अर्याल र सञ्चार क्षेत्रमा बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसारसंग सम्बन्धित मुद्धाहरूकाे अवस्था र पत्रकारिता आचार संहिताका बारेमा डा. कुन्दन अर्यालले प्रस्तुतिकरण गरेका थिए ।

छलफल कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रेपलान्चोककाे समन्वयमा भएकाे थियाे ।