काभ्रेमा पहिलाे पटक बाँसुरी धें धें बल्ला कासा हुदैं
धुलिखेल । काभ्रेमा पहिलाे पटक बाँसुरी धें धें बल्ला कासा हुने भएकाे छ ।
धुलिखेलमा हुन गइरहेको एक दिने “शिखरापुर बाँसुरी मेला” शिखलावुर बाँसुरी धें धें बल्ला कासा आगामी शनिबार हुने बिहीबार धुलिखेलमा आयाेजित पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
राेट्रयाक्ट क्लब अफ शिखलापुर र इन्ट्रयाक्ट क्लब अफ शिखलापुरकाे आयाेजनामा हुने शिखलावुर बाँसुरी धें धें बल्ला कासामा धुलिलेल, बेथमन्चाेक र रयाले बिहावरका गरि काभ्रेपलान्चोकका ३, भक्तपुरका ४, काठमाडौंका ५ र ललितपुरकाे १ गरि जम्मा १३ समुहको सहभागीता रहने बताईएकाे छ ।
कार्यक्रममा प्रथम, दृतीय र तृतीय हुने समुहले नगदसहित ट्रफिका साथै प्रमाणपत्र पाउने छन् । कार्यक्रममा प्रथम, दृतीय र तृतीय हुनले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार पाउने संस्थाका संथापक अध्यक्ष अरबिन माकजुले बताए ।
कार्यक्रममा ५ सय जनाकाे उपस्थिति रहने जनाइएकाे छ ।